punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय सेना प्रमुख आज नेपाल आउँदै

Chaupati
safha napa

भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे आज नेपाल भ्रमणका लागि आउँदैछन्। आज आइतबार (भदौ १९) देखि २३ सम्म भारतीय सेनापति नेपाल भ्रमणमा रहने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन्। भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन आउन लागेका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी अपरान्ह काठमाडौं आइपुग्ने बताइएको छ। पाण्डेको आसन्न भ्रमणमा नेपालले राख्ने एजेन्डाबारे परराष्ट्र, रक्षा मन्त्रालय र नेपाली सेनाबीच छलफल चलिरहेको छ।

हतियारको ४ अर्ब तिर्न दिल्लीको ताकेता, सेनापति आउँदा मिनाहा गरिदिन आग्रह गर्ने नेपालको तयारी भारतीय प्रधानसेनापति पाण्डेको भ्रमणमा नेपाली पक्षले हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म भारतलाई तिर्नुपर्ने करिब चार अर्ब रुपैयाँ बक्यौताको विषय पनि उठाउने तयारी गरेको छ।

नेपालले उक्त रकम मिनाहाका लागि अनुरोध गर्ने रक्षा र परराष्ट्रका जानकार अधिकारीले बताए। ती अधिकारीहरुका अनुसार २०६३ यता नेपाली सेनाले भारतसँग हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने रकम करिब चार अर्ब पुगेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतलाई पाण्डेले भेट गर्ने कार्यक्रम रहेको छ। भ्रमणमा नेपालले गत जुनमा मोदी सरकारले ल्याएको ‘अग्निपथ योजना’ ले भारतीय सेनामा जाने नेपालीलाई पर्ने प्रभावबारे पनि चासो राख्ने तयारी गरेको बताइएको छ।

 


१९ भदौ २०७९, आइतवार ०९:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु