बैतडीमा यात्रुवाहक बस दुर्घटना
बैतडीमा बालबालिकासहित ५४ जना सवार रहेको बस दुर्घटनामा परेको छ । महेन्द्रनरबाट बैतडीको मेलौली गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको रात्रीबस दशरथचन्द राजमार्गको पाटन नगरपालिका ८ स्थित हरिचन मोडमा दुर्घटना भएको हो ।
बस शुक्ररबार बिहान करिब ४ बजे दुर्घटनमा परेको खोडपे प्रहरी चौकीका प्रमुख ऐन बहादुर पालले जानकारी दिए । बसमा सवार सबै सकुशल रहेको उनले बताए । केहीलाई समान्य चोटपटक लागेको भए पनि उनीहरुको सिद्धेश्रवर स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । बस सडकबाट अन्दाजी १० मिटर तल खसेको छ ।
१७ भदौ २०७९, शुक्रवार १०:१७ बजे प्रकाशित































