punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज ‘ठुली गौरा’ पर्व मनाइँदै

Chaupati
safha napa

सुदूरपश्चिममा आज ‘ठुली गौरा’  पर्व मनाइँदैछ। बिहीबारदेखि गौरापर्व विधिवत रुपमा सुरु भएको हो। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो।

गौरा पूजनका लागि बिरुडा भिजाएर मनाइने गौराको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउनेछन्। आजको दिनलाई ‘ठूली गौरा’ भनेर मनाइन्छ। व्र्रतालु महिलाहरुले बिहानै नुहाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ।

‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरी व्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन्। साउँ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइन्छ। व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ।

आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन्। यसका साथै साँझको समयमा व्रतालु महिलाहरुले कुण्डस्नान गर्ने गर्दछन्। गौराको मुख्य दिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रहीआएको छ।


१७ भदौ २०७९, शुक्रवार १०:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु