punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मृतक सबै एउटै गाउँका, शोकमा डुब्यो बुङ्गल

Chaupati
safha napa

दार्चुलाको शैल्यशिखर नगरपालिका-५ को उल्लानीमा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका सबै बझाङका भएको खुलेको छ ।कामको खोजीमा भारततर्फ हिंडेका बझाङको बुङ्गल गाउँपालिका-८ का ६ जना मध्ये पाँच जनाको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक रणबहादुर विष्टकाअनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा बुङ्गल गाउँपालिका-८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा छन् ।

मृतक मध्येका रैभान र चम्फा श्रीमानश्रीमती भएको खुलेको छ । उनीहरुसँगै भारत गइरहेका धनबहादुर जाग्री भने घाइते छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा वडाका पाँच जनाको मृत्यु भएपछि बुङ्गल गाउँपालिका–८ शोकमा डुबेको छ । बुधबार गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको उनीहरू सवार से१ज ५५१ नम्बरको जिप दिउँसो करिब ४ बजेतिर दुर्घटनामा परेको थियो ।

उनीहरु सबै रोजगारीको खोजीमा भारत गइरहेका थिए । दुर्घटनामा परेर चालकसहित अन्य ९ जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 


२ भदौ २०७९, बिहीवार ०९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु