१०० दिनको काम देखाउँदै हर्क साम्पाङले भने- श्रम संस्कृतिको क्रान्ति सुरू गरेँ
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सय दिनमा गरेको काम सार्वजनिक गरेका छन् । १०० दिनमा के गरिस तँले रु भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले सय दिनमा गरेको १३ वटा कामहरु सार्वजनिक गरेका हुन् ।
उनी निर्वाचित भएर आएलगतै श्रमदान शुरु गरेको र वर्षोेदेखि धरानले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न लागेको बताएका छन् ।उनलेप्रत्येक शनिबार वृक्षरोपन अभियान पनि शुरु गरेका छन् । उनका अनुसार अहिलेसम्म ६ लाख विरुवा रोपिसकेको छन् ।
२ भदौ २०७९, बिहीवार ०८:५४ बजे प्रकाशित































