कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु
कञ्चनपुरमा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ४ बैतडास्थित चौधारा नदीमा नुहाउने क्रममा एक जना बालकको मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट वडा नम्बर ३ शान्तिपुर बस्ने एकेन्द्र औजीका छोरा ४ वर्षीय अहान औजीको डुबेर मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
२९ साउन २०७९, आइतवार १८:०५ बजे प्रकाशित































