जापानको भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) स्वदेश फर्किएका छन् । गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली बुधबार दिउँसो काठमाडौं आइपुगेको हो । प्रचण्ड नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा जापान गएका थिए ।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापान भ्रमण क्रममा जापानी विदेश विभागका अधिकारी तथा एक सांसदसँग भेटवार्ता भएको बताए । उनले आफ्नो जापान भ्रमणले त्यहाँ रहेका नेपालीहरू खुसी भएको पनि सुनाए ।

जापानको संसद् भवनको भ्रमण गरेको र लिबरल डेमोक्रेटिक पार्टीका पूर्वमहासचिवसँग पनि भेटेको प्रचण्डले बताए । प्रचण्डले त्यहाँको सत्तारूढ लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए ।

जापानी अधिकारीसँगको भेटमा आफूले फोहोर व्यवस्थापनमा सहयोग मागेको उनको भनाइ छ ।

 


२५ साउन २०७९, बुधवार १७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु