लामिछाने भन्दा अघि समातिएका थिए तीन जना
अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका धनगढीका सुन व्यवसायी सन्तोष लामिछानेलाई कैलाली ल्याइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, सुदूरपश्चिमका सभापतिसमेत रहेका लामिछानेलाई यस अघि पक्राउ परेका तीन जनाको बयानको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
भारतको मुम्बईमा आफ्नी श्रीमती सँग उड्न तयार भएका दम्पती विमानस्थलबाटै समातिए थिए । भारतबाट सुन चोरी गरी लामिछाने पसलको बिक्री गरेको अभियोगमा तीन जना समातिए पछि प्रहरीले उनलाई पनि पक्राउ हो ।
भारतको विभिन्न क्षेत्रबाट एक करोडभन्दा बढीको सुनचाँदी चोरी भएको सूचना पाएसँगै अनुसन्धान थालेको प्रहरीले लामिछानेलाई यस अघि पक्राउ परेका तीन जनाको बयानको आधारमा पक्राउ गरेको हो । पक्राउ परेका तीन जना धनगढी र अत्तरियाबाट समातिएको भए पनि प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।
प्रहरी स्रोतले अनुसन्धान जारी रहेकाले थप कुरा अनुसन्धानपछि मात्रै आउने बतायो । यो घटनामा अन्यको पनि संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।
१९ साउन २०७९, बिहीवार १७:४६ बजे प्रकाशित













