सुदूरपश्चिममा थपिए ६१ कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा आज थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५३ जनाको परीक्षण गर्दा थप ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार ५४ जनामा एन्टिजेन र ७ जनामा पीसीआर परीक्षण विधिबाट संक्रमण पुष्टि भएको छ ।

आज भारतबाट फर्किएका २६ जनामा संक्रमण पुष्टि भएको छ । गड्डाचौकीबाट फर्केका ११, गौरीफन्टा नाकाबाट फर्केका १४ र झुलाघाट नाकाबाट फर्केका एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।


१९ साउन २०७९, बिहीवार २१:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु