बझाङमा १२ किलो लागुऔषध चरेशसहित एक जना पक्राउ

बझाङमा १२ किलो लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ घर भएका ४३ वर्षीया वीरेन्द्रबहादुर खडायत रहेका छन् ।

खडायतलाई बझाङको वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषध चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी ज्ञान बहादुर विष्टले बताए ।

विशेष सूचनाको आधारमा बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १११९ नम्बरको बसमा सवार उनलाई अस्थायी प्रहरी पोष्ट बागथलामा चेक जाँच गर्दा उनको साथबाट १२ किलो लागुऔषध चरेश फेला परेको हो ।

खडायतलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा राखिएको छ ।


१९ साउन २०७९, बिहीवार १६:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु