punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Chaupati
safha napa

डोटी जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले सोमबार एक समारोहका बीच जिल्ला घोषणा गरेका हुन् ।
जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई घोषणा गरिएको हो । असार १५ गते बोगटान फुड्सिल गाउँपालिकालाई घोषणा कार्यक्रम सुरू गरी असार २२ गते पूर्बीचौकी गाउँपालिकालाई घोषणा गरेर स्थानीय तहहरूमा घोषणा कार्यक्रम सकिएको थियो ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री रैकाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्ने बताए । उनले प्रदेश सरकारप्रति गुनासो गर्दै स्वास्थ्य भवनका लागि छुट्याइएको बजेट तथा कार्यक्रम काटेर मन्दिरहरूमा बजेट हालेकाले त्यसमा असहमत रहेको बताए ।

१५ महिनाभित्रैका बालबालिकालाई १३ वटा रोगविरूद्ध विभिन्न १४ वटा खोप लगाउने गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख तथा जिल्ला पूर्णखोप समन्वय समितिका सदस्य सचिब डिल्ली रमण जोशीले जानकारी दिए । डोटीका दुई सय ४८ वटा खोप केन्द्रबाट खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

No description available.

डोटीका जम्मा तीन हजार ८६ बालबालिकालाई खोपको सुनिश्चितता गरेर यो कार्यक्रमको घोषणा गरिएको जोशीले बताए । खोप लगाउन शुरू गरेर बीचमै छोडेका जिल्लाभरका ८९ जना बालबालिकालाईसमेत पूर्णखोप लगाइएको जोशीले जनाएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति एवं जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक लक्ष्मण सिंहले जिल्ला पूर्णखोप घोषणाका लागि सहयोग गरेकोमा सबै निकायलाई धन्यवाद दिँदै खोपका कारण मानिसको आयुमा समेत वृद्धि हुने भएकाले यो स्वास्थ्यको महत्त्वपूर्ण सूचक रहेको बताए ।


२७ असार २०७९, सोमवार २२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु