कर्णाली प्रदेशका अर्थमन्त्री अस्पताल भर्ना
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी परेका छन् ।
हिजोदेखि पेट दुखेपछि विष्ट वीरेन्द्नगरमास्थित कर्णाली केयरमा भर्ना भएका थिए । रगतमा बोसोको मात्रा धेरै देखिएपछि थप उपचारका लागि उनलाई बुद्ध एअरको जहाजबाट काठमाडौं लगिएको थियो ।
उपचारमा संलग्न डाक्टर उज्वल अर्यालका अनुसार रगतमा बोसोको मात्रा अत्यधिक देखिनुका साथै श्वासप्रस्वासमा पनि समस्या देखिएपछि आफन्तको आग्रहमा काठमाडौं पठाइएको हो ।
प्रमुख स्वकीय सचिव गोविन्द तिमिल्सेनाका अनुसार मन्त्री विष्ट हाल काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत् छन ।
कर्णाली प्रदेशसभामा आज आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ ।
२७ असार २०७९, सोमवार १५:३९ बजे प्रकाशित












