punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नामिबिया

Chaupati
safha napa

विश्वकप लिग—२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले केही बेरमा नामिबियासँग खेल्दै छ ।

नेपाली समय अनुसार अपराह्न पौने ४ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर पहिला बलिङ रोजेको छ । यसअघि पहिलो खेलमा नामिबियाले स्कटल्यान्डसँग फराकिलो रन अन्तरको हार बेहोरेको थियो ।

१६ खेलबाट १५ अंक भएको नेपाल ७ टोली सहभागी प्रतियोगितामा ५ औँ स्थानमा रहेको छ । नामिबियाको १४ खेलबाट १४ अंक छ। वासिर अहमदले नामिबियाविरुद्ध खेल्दै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् ।

पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई बेन्चमा राखिएको छ । प्लेइङ ११- सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, आदिल अन्सरि, बसिर अहमद


२७ असार २०७९, सोमवार १५:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु