कालीकोटमा घर भत्किँदा ५ जना घाइते

कालीकोट सदरमुकाम मान्ममा घर भत्किँदा ५  जना घाइते भएका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका १ का लक्ष्मी पाण्डेको घर भत्किएको हो । घर भत्किएर च्यापिएका ५ जनाको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा जीवितै उद्धार गरिएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिए ।


२६ असार २०७९, आइतवार १९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु