धनगढी उपमहानगरको सभामा बैठकमा विवाद : कुर्ची हानाहान
धनगढी उपमहानगरको आठौं नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएपछि तनाव उत्पन्न भएको छ । सो क्रममा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन ।
उपमेयर रानाले नगर प्रमुख गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरुपमा कुनै सल्लाह नै नगरेर बजेट पुस्तिका (रातो किताव ) प्रकाशित गरेको बताइन ।
उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनीधिले कुर्ची उठाएर फालेका छन् । यस्तै काँग्रेस पक्षले भने मेयर हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छन् ।
विवाद भएपछि फेसवूकबाट गरिदै आएको प्रत्यक्ष प्रसारण पनि वन्द गरिएको छ । यस अघि उपमहानगरले आफ्ना सबै बैठक हरु प्रत्यक्ष प्रसारण गर्दै आएको थियो ।
२० असार २०७९, सोमवार १५:३० बजे प्रकाशित































