punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा मेयर र उपमेयरबीच बिवाद

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरबीच विवाद उत्पन्न भएको छ । निर्वाचित भएपछि पहिलो बजेट ल्याउँदा नै मेयर गोपाल हमाल र उपमेयर कन्दकला रानाबीच बिवाद उत्पन्न भएको छ । मेयर हमाल स्वतन्त्रबाट र राना नेकपा एमालेबाट उपमेयर बनेकी थिइन् । शपथ खाएको २ महिना नपुग्दै उनीहरुबीच विवाद देखिएको छ ।

उपमहानगरको आठौं नगरसभाको तेस्रो बैठकमा रानाले मेयर हमाल र प्रशासकीय अधिकृतले एकलौटीरुपमा कुनै सल्लाह नै नगरेर बजेट पुस्तिका निकालेको भन्दै बिरोध गरेकी छन् । उपमेयर रानाले आफूसँग कुनै सल्लाह नै नगरेर बजेट पुस्तिका (रातो किताव ) प्रकाशित गरेको आरोप लगाएकी छन् । ‘हाकीम साहव र मेयर साहव एक्लै बसेर बजेट बनाउनु हुन्छ । हामीलाई कुनै जानकारी नै हुदैन,’ उनले भनिन्, ‘फोन गरेर सोध्दा पनि बिजी छु भन्नु हुन्छ । अहिले सम्मको कममा कुनै सरसल्लाह छैन् ।’

उपप्रमुखलाई संयोजकको जिम्मेवारी दिइएको भए पनि त्यसको कार्यान्वयन हुन् नसकेको उनले बताइन् । मेयर हमालले आफूमाथि हेपाहा प्रवृत्ति देखाएको उनको आरोप छ ।

यता मेयर हमालले भने आफूले कसैलाई पनि काम गर्न असहज वातावरण नबनाएको बताएका छन् । ‘मैले मेरो कुनै बजेट यसमा हाल्न लगाएको छैन । मलाई आरोप लगाउनु गलत हो,’ उनले भने, ‘मेरो आफ्नो काम छ । म सधैँ उपमेयरकोमा जान सक्दैन । मैले छलफल गर्ने विषय नभएको हुँदा मात्रै गर्न नपाएको उनको भनाइ छ । मैले कुनै अनैतिक काम गरेको छैन । सम्बन्धित सबैलाई राखेर बजेट निकालिएको हो । यसमा विवाद गर्नुपर्ने कुनै कारण नै छैन ।’

सोमबार बैठकमा उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनिधिले कुर्सी फालेका छन् । कांग्रेस पक्षले भने मेयर हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छन् ।


२० असार २०७९, सोमवार १७:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु