सुनको मूल्य स्थिर
नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर बनेको छ । छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, तेजावी सुनको प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि स्थिर छ ।
२० असार २०७९, सोमवार १३:१४ बजे प्रकाशित






























