कीर्तिपुरमा भिनाजुबाट साली बलात्कृत
काठमाडौँको कीर्तिपुर नगरपालिका–६ मा भिनाजुले सालीलाई बलात्कार गरेका छन् । बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजालाई पक्राउ गरेको छ । बलात्कृत नाबालिग छिन् ।
कीर्तिपुर स्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी नाबालिगलाई उनले यसअघि पनि पटक पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई शुक्रवार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
१९ असार २०७९, आइतवार १०:५८ बजे प्रकाशित































