बाजुरामा गर्भवतीको हेलिकोप्टर मार्फत उद्धार
बाजुरामा गर्भवतीको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । बुढीनन्दा नगरपालिकाकी एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टर मार्फत शनिबार उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सुत्केरी गराउन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकी सोही नगरपालिका–६ की २१ वर्षीया मनिशा भण्डारीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए ।
कोल्टी प्राथमिक स्वाथ्य केन्द्रले स्थानीय स्तरमा सुत्केरी व्यवस्थापन हुन नसक्ने भएकाले हवाई उद्धारका लागि पत्र पठाएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा गर्भवती भण्डारीको उद्धार गरिएको हो ।
१९ असार २०७९, आइतवार १२:०० बजे प्रकाशित































