punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इंग्लिस क्रिकेट कप्तान इयान मोर्गनको सन्यास

Chaupati
safha napa

इंग्ल्याण्डको सिमित ओभरको क्रिकेट टिमका कप्तान तथा विश्वकप विजेता कप्तान इयान मोर्गनले क्रिकेटबाट सन्यास लिएका छन् ।

३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ‘यो सजिलो निर्णय होइन,’ उनले भने, ‘तर मलाई विश्वास छ यो सही समय हो ।’ पछिल्लो समयमा उनको प्रदर्शनमा स्थिरता थिएन भने फिटनेस समेत पहिला जस्तो थिएन । उनले सेतो बलमा खेलका पछिल्ला २६ खेलमा मात्र एउटा अर्धशतक बनाएका थिए ।

इंग्ल्याण्डले आउँदो हप्ता भारतमा ३ खेलको टी-२० शृंखला खेल्ने छ । यस्तै अक्टुबरमा अष्ट्रेलियामा टी-२० विश्वकप पनि हुने छ । महत्वूर्ण प्रतियोगिता अगावै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले शरीरले साथ दिंदासम्म घरेलु क्रिकेट खेल्ने बताएका छन् ।

मोर्गनको कप्तानीमा इंग्ल्याण्डले सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । उनकै नेतृत्वमा इग्ल्याण्ड एक दिवसीय र टी-२० वरीयतामा शीर्ष स्थानमा पुगेको थियो ।


१४ असार २०७९, मंगलवार २०:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु