Alok

इंग्लिस क्रिकेट कप्तान इयान मोर्गनको सन्यास

इंग्ल्याण्डको सिमित ओभरको क्रिकेट टिमका कप्तान तथा विश्वकप विजेता कप्तान इयान मोर्गनले क्रिकेटबाट सन्यास लिएका छन् ।

३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ‘यो सजिलो निर्णय होइन,’ उनले भने, ‘तर मलाई विश्वास छ यो सही समय हो ।’ पछिल्लो समयमा उनको प्रदर्शनमा स्थिरता थिएन भने फिटनेस समेत पहिला जस्तो थिएन । उनले सेतो बलमा खेलका पछिल्ला २६ खेलमा मात्र एउटा अर्धशतक बनाएका थिए ।

इंग्ल्याण्डले आउँदो हप्ता भारतमा ३ खेलको टी-२० शृंखला खेल्ने छ । यस्तै अक्टुबरमा अष्ट्रेलियामा टी-२० विश्वकप पनि हुने छ । महत्वूर्ण प्रतियोगिता अगावै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले शरीरले साथ दिंदासम्म घरेलु क्रिकेट खेल्ने बताएका छन् ।

मोर्गनको कप्तानीमा इंग्ल्याण्डले सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । उनकै नेतृत्वमा इग्ल्याण्ड एक दिवसीय र टी-२० वरीयतामा शीर्ष स्थानमा पुगेको थियो ।


१४ असार २०७९, मंगलवार २०:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु