बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्न सर्वोच्चले खोलिदियो बाटो
बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदानका लागि बाटो खुलेको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले बुढीगंगामा ३० वैशाखमा भएको मतदानको मतगणना गर्न अस्वीकार गरेसँगै पुन: मतदानको बाटो खुलेको हो ।
निर्वाचन आयोगले ३० वैशाखमा भएको निर्वाचनलाई रद्द गर्दै २३ असारमा बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने निर्णय गरेको थियो । तर, आयोगको निर्णयविरुद्ध बुढीगंगाका मतदाता दलबहादुर सावदले सर्वोच्चमा रिट हालेका थिए ।
३० वैशाखको निर्वाचनमा मतदान केन्द्रमा बुथ कब्जा भएको पुष्टि भएपछि आयोगले निर्वाचन रद्द गरेको थियो । सत्ता गठबन्धनको कांग्रेससहितका दलहरूले बुढीगंगामा पुनस् मतदानको माग गरेका थिए भने एमालेले मतगणना गर्नुपर्ने अडान राख्दै आएको थियो ।
१४ असार २०७९, मंगलवार १९:२१ बजे प्रकाशित































