punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा खारेज

Chaupati
safha napa

सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो। असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा खारेज गरेको एक मन्त्रीले जानकारी दिए।

सरकारले जेठ १ गतेदेखि हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। तर उक्त निर्णयको चौतर्फी विरोध भएको थियो। अस्पतालहरुमा दुई दिन बिदा हुँदा बिरामीको उपचारमा समेत समस्या हुँदै आएको थियो।

सरकारले आइतबारको बिदा खारेज गरेसँगै असार १ गतेदेखि आइतबार पनि नियमित सेवा सुरु हुने छ।


२४ जेठ २०७९, मंगलवार १२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु