punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रहरीले गोली चलाउँदा १ किशोरीको मृत्यु

Chaupati
safha napa

मधुवन नगरपालिका-२ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको ज्यान गएको छ । सोनहाकी स्थानीय १८ वर्षिया नविना थारुको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका मधुवन नगरपालिकाका सूचना अधिकारी खिमराज पोखरलले बताए ।

मृतकले नमुना मावि धोधरीमा कक्षा १२ को परीक्षा दिइरहेकी थिइन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

मधुवन नगरपालिकाका सूचना अधिकारीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । मधुवन नगरपालिका राजनितिक दलबीच यसबारे बैठक चलिरहेको छ ।


२४ जेठ २०७९, मंगलवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु