punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकीकृत समाजवादीका नेता चौधरीको निधन

Chaupati
safha napa

सप्तरीमा आज साँझ भएको सवारी दुर्घटनामा नेकपा (एकीकृत समाजवादी)का नेता रामनारायण चौधरीको निधन भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स१०प ४६११ नंको स्कुटरलाई ना.६ख ६३९९ नंको ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । सुरुङ्गा नगरपालिका निवासी ६८ वर्षीय चौधरी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुरुङ्गा नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार बनेका थिए। उनी पार्टीको जिल्ला कमिटी सदस्यसमेत थिए।

 


२४ जेठ २०७९, मंगलवार ०८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु