punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाम किशोर मृत्यु प्रकरण : अनुसन्धानका लागि एसएसपी पाण्डे नेतृत्वको टोली पनि खटाइयो

Chaupati
safha napa

अछामको पञ्चदेवल विनायक नगरपालिका(४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि थप प्रहरी टोली परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनकराज पाण्डे नेतृत्वको टोली खटाइएको जनाएको छ ।

‘अपराध अनुसन्धान कार्यका लागि एसएसपीको नेतृत्वमा टोली खटाइएको हो । उक्त टोली अछाम पुगिसकेकाले आजदेखि काम थाल्छ,’ सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले भने ।

घटनाको अनुसन्धानका लागि यसअघि सीआईबीका डिएसपी मनोहरप्रसाद भट्टको कमाण्डमा ६ सदस्यीय टोली खटाइएको छ तर स्थानीयको आन्दोलनका कारण उक्त टोलीले काम गर्न नपाएको प्रदेश प्रहरी कार्यालयको भनाइ छ ।

सीआईबीको टोली खटाइएपछि अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिएका स्थानीयले प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको भन्दै घटनास्थलबाट शाहीको शव उठाउन दिएका छैनन् । आक्रोशित स्थानीयले आन्दोलन जारी राखेका छन् । प्रहरीले पीडित पक्षसँग निरन्तर छलफल भइरहेको जनाएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

 


२४ जेठ २०७९, मंगलवार ०८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु