punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुष्पराज कुँवरले गरे आफ्नो टिम घोषणा

Chaupati
safha napa

कैलाली उधोग बाणिज्य संघको आगामी नेतृत्वका लागि बर्तमान अध्यक्ष समेत रहेका पुष्पराज कुँवरले आफ्नो टिम घोषणा गरेका छन् । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो टिम घोषणा भएको हो । अधिकासं पुरानै अनुहारलाई दोहो¥याउँदै कुँवरले आज टिम घोषणा गरेका छन् ।

तीन बर्षे कार्यकाल सम्पन्न गरिसकेका कुँवरले कोरोना कहरका कारण काम गर्न नसकेको भन्दै दोहोरिने इच्छा राखेका हुन् । उनले बर्तमान कार्यसमितिको टिमलाइनै निरन्तरता दिँदै केही नयाँ अनुहार थपेका छन् । कुँवर टिमले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

कुँवरको प्यानलबाट बर्तमान उपाध्यक्ष रहेका  पुष्कर राज ओझा बरिष्ठ उपाध्यक्षमा भिड्दै छन् । यस्तै एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भिमराज ओझा र सचिवमा सुरेश पाण्डेय उम्मेदवार रहेका छन् ।

 


२३ जेठ २०७९, सोमवार १५:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु