बाजुराको गौमुल गाउँपालिकाले आइतबार बिदा नदिने
बाजुराको गौमुल गाउँपालिकाले हप्तामा एक दिन मात्र बिदा दिने निणर्य गरेको छ । गाउँपालिकाको कार्यपालिकाले सो निणर्य गरि गाउँपालिका सरकारी कार्यालय स्वास्थ्य सस्था र विद्यालयहरुलाई पत्राचार गरेको छ ।
नेपाल सरकारले जेठ १ गतेबाट लागु हुने गरी हप्तामा २ दिन सनीबार र आईतबार बिदा दिने निणर्य गरेको छ । गौमुल गाउँपालिकाको बिकट भुगोलले गर्दा दुई दिन दिएको बिदा प्रभाबकारी र जनतालाई दुख हुने भएकोले जेठ १९ गते बसेको दोस्रो कार्यपालिकाको बैठकले २० गतेबाट लागु हुने गरी निणर्य गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकाले बताए ।
दुर्गम गाउँबाट जनताहरु आउछन सुक्रबार अबेर पुग्छन । सनीबार र आईतबार दुई दिन बस्नु पर्ने हुन्छ । त्यसो हुदा जनताले दुख पाउने भएकोले हप्तामा एक दिन मात्र बिदा दिने निणर्य गरिएको रोकायाले बताए ।

२० जेठ २०७९, शुक्रवार ०९:४० बजे प्रकाशित































