भजनी नगर कार्यपालिकामा एमाले र नागरिक उन्मुक्तिको गठबन्धन विजयी

कैलालीको भजनी नगर कार्यपालिकामा ८ जना सदस्य निर्वाचित भएका छन् । यहाँ नेकपा एमाले र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच तालमेल भएको थियो । ८ जनाको लागि भएको निर्वाचनमा १३ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये नागरिक उन्मुक्तिका ६ जना र एमालेका २ जना निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेमा महिला सदस्यतर्फ नागरिक उन्मुक्तिका कृष्णकुमारी चौधरी, जैसरा कामी ओड, मनदेवी चौधरी, शान्तीकुमारी चौधरी र रजमती चौधरी छन् । उनीहरूले कुल खसेको ४६ मध्ये ३३ मत पाए ।

त्यस्तै दलित वा अल्पसंख्यकतर्फ नागरिक उन्मुक्तिका एकजना र एमालेका दुईजना निर्वाचित भए ।नागरिक उन्मुक्तिका गणेशकुमार विक, एमालेका प्रेमबहादुर चन्दरा र रामदेवी राजी निर्वाचित भएका छन् । विकले ३२ मत पाए भने प्रेम र रामदेवीले ३३/३३ मत पाए ।

कांग्रेसका प्रतावसिंह ताम्राकार, सन्तोष दमाईले १३/१३ मत पाए । भजनीमा नागरिक उन्मुक्तिका २३ र एमालेका १० जना सदस्य छन् । माओवादी र कांग्रेसले तालमेल गरेर निर्वाचनमा होमिएका थिए । महिला सदस्यतर्फ रामकुमारी देवी चौधरी, रिना कुमारी डगौँरा, रेखा कामीले १३ मत ल्याए ।


१७ जेठ २०७९, मंगलवार १६:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु