punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघमा निर्वाचित

Chaupati
safha napa

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल विश्वभरका पत्रकारहरूको छाता संस्था अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को कार्यकारी समिति सदस्यमा निर्वाचित हुनुभएको छ ।

ओमानको राजधानी मस्कटमा जारी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको वर्ल्ड काङ्ग्रेसमा उहाँ मङ्गलवार आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित हुनुभएको सो भेलामा सहभागी नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए ।

नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा नेपाली प्रेसले खेलेको भूमिकाको मूल्याङ्कन गर्दै अध्यक्ष सिग्देललाई एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गरी आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित गरिएको हो ।

आइएफजेको यो तहमा नेपालबाट निर्वाचित हुने युनियनका अध्यक्ष सिग्देल सम्भवतः पहिलो व्यक्ति हुनुभएको युनियनका कावा महासचिव भीष्मराज ओझाले जानकारी दिए ।

प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । श्रमजीवी पत्रकारका हकहित र लोकतन्त्रका लागि योगदान गर्नेलगायत उद्देश्यका साथ युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको हो । रासस


१७ जेठ २०७९, मंगलवार १६:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु