punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा स्थानीय तह निर्वाचन सम्वन्धी प्रदेश स्तरीय छलफल सम्पन्न

Chaupati
safha napa

यौनिक लैङ्गीक तथा अल्पसंख्यक समुदायलाई चुनावमा उम्मदबार बन्न मात्रै होइन् भोट हाल्न समेत असहज हुने गरेको छ । बागेश्वरी असल शासन क्लव (बास) नेपालको आयोजनामा धनगढीमा भएको प्रदेशस्तरीय छलफल उनीहरूले यस्तो बताएका हुन् । यौनिक लैङ्गिक तथा अल्पसंख्यक समुदायका तेस्रो लिङ्गी महिला आशिका चौधरीले भोट हाल्न समेत असज भएको बताइन् ।

उनले भनिन्, ‘तेस्रो लिङ्गी भएकै कारण आफ्नो मताधिकार गुमाउने अवस्था सिर्जना भयो, पछि अन्य मान्छेहरूले दबाब दिएपछि मत खसाल्न पाएँ ।’ उनले आफु जस्तै आफ्नो समुहमा अन्य मान्छेहरूले निर्वाचनको समयमा दुर्व्यवहार भोग्नु परेको बताइन् । सो समुदायबाट स्थानीय तह निर्वाचनमा कैलालीमा कसैको पनि उम्मेदारी परेको छैन् । ‘भोट नै हाल्न समस्या हुने हामीलाई उम्मेदार कसले बनाउँछ,’ आशिकाले भनिन्, ‘२०७४ को निर्वाचनमा तेस्रो लिङ्गी महिला भूमिका श्रेष्ठ उठे पनि बिभिन्न कारण देखाउँदै पार्टीले टिकट नै दिएन ।’

No description available.

यसपटकको स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारको संख्या पनि न्यून रहेको छ । कार्यक्रममा सहभागी अधिकांश महिलाहरूले गत चुनावभन्दा यो निर्वाचनमा महिला सहभागिता न्यून भएको गुनासो राखेका थिए । उम्मेदवार छान्ने समयदेखि मतदानको समयसम्म महिला विभेदमा परेको बताएका थिए । अधिकारकर्मी कमला बुढाथोकीले चुनावमा महिलाहरूको काम झण्डा बोक्ने मात्रै भएको बताइन् । उनले भनिन्, ‘प्रचारप्रसारमा जादाँ महिलाहरूको काम झण्डा बोक्ने मात्रै हुन्छ, नेतृत्व तहमा महिला उठ्नै पाउँदैनन् ।’

No description available.

कैलालीको धनगढी उपमहानगरपालिका–२ कि दलित महिला वडा सदस्य उम्मेदवार पार्वती देवी बिकले स्थानीय निर्वाचनमा महिलाहरूले स्वतन्त्र रुपमा मतदान गर्न नपाएको गुनासो गरेकी छिन् । उनले महिलाहरूलाई हरेक ठाउँमा पछाडि पारेको गुनासो गरिन् ।

‘महिला बोल्न अवसर पछाडि दिइन्छ टिकट वितरण गर्दा पैसा खोजिन्छ, महिलाहरू हरेक ठाउँमा अझै पनि पछाडि पारिएको छ’, पार्वती भनिन्, ‘दलितले के गर्नसक्छ भन्ने सोच हुन्छ ।’

महिलाको संख्या पनि न्यून रहेको कार्यक्रम सहजकर्ता प्रेम ढुंगानाले बताए । कतिपय राम्रा अभ्यासका बीच पनि महिलाको सहभागिता न्यून रहेको उनको भनाइ छ ।

No description available.

कार्यक्रममा सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले यो वर्ष दलहरूले उम्मेदवारमा महिला सहगागिता न्यून गराएको बताए । उनले संविधानअनुसार प्रमुख तथा उपप्रमुखमा महिला हुनुपर्ने भए पनि यसपटकको चुनावमा महिला सहभागिता निकै न्यून रहेको बताए ।

यस्तै प्रमुख भट्टले सहभागिहरूलाई नमुना मतपत्रमा मतदान गर्न सिकाएका थिए भने निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न गर्नु सबैको दायित्व रहेको बताए । निर्वाचनमा सबै क्षेत्रलाई आचारसंहिता पालना गरिदिन र सबैको सहभागिता बढाउन आवश्यक रहेको बताए । अधिकृत भट्टले स्थानीय तह निर्वाचन २०७४ मा ४.५ प्रतिशत मतपत्र बदर भएको बताए ।

युनएनडिपी, ईएसपी र युएन वमेनको सहयोगमा बास नेपालले अहिले लुम्बीनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा यी कार्यक्रमहरु सञ्चालन गरीरहेको छ ।

No description available.

 


२४ वैशाख २०७९, शनिवार १६:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु