punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उम्मेदवारलाई बैंक मार्फत मात्र खर्च गर्न आयोगको निर्देशन

Chaupati
safha napa

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंक मार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो ।

आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था छ । जहाँ उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्न बैङ्क वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने उल्लेख छ ।

२५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नु पर्ने प्रावधान आचारसंहितामा छ ।
उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, तोकिएका पदाधिकारीको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने लगायतका व्यवस्था निर्वाचन आचारसंहितामा छ ।


२० वैशाख २०७९, मंगलवार २१:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु