सुनको मुल्य घट्यो
सुनको मूल्यमा गिरावट आएको छ। आइतबारको तुलनामा सोमबार प्रतितोला ३ सय रुपैयाँ घटेको हो।
छापावाला सुन आइतबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएकोमा आज १ लाख २ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्यमा समेत गिरावट आएको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ३५० रुपैयाँ कायम भएको हो।
१२ वैशाख २०७९, सोमवार १२:१० बजे प्रकाशित































