punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसले कञ्‍चनपुरमा लगायो उम्मेदवारको टुंगो

Chaupati
safha napa

नेपाली कांग्रेस कञ्चनपुरले ९ वटै स्थानीय तहका मेयर र उपमेयरको उमेदवार टुंगो लगाएको छ । कांग्रेस स्रोतका अनुसार भीमदत्त नगरपालिकाको मेयरमा पदम बोगटी र उपमेयरमा निलम लेखकलाई उम्मेदवार बनाउने भएको छ ।

दोधारा चाँदनी नगरपालिकाको मेयरमा गोपालदत्त भट्ट र उपमेयरमा गंगा जोशी बेदकोट नगरपालिकाको मेयरमा भोजराज बोहरा र उपमेयरमा तुलसी जोशीलाई उमेदवार बनाएको छ ।

त्यसैगरी, पुनर्वास नगरपालिकाको मेयरमा तोयानाथ शर्मा र उपमेयरमा भुलिया राना बेलौरी नगरपालिकाको मेयरमा हरेन्द्र विष्ट (होसियार) र उपमेयरमा खिना भण्डारी , शुक्लाफाँटाको मेयरमा चिन्तामणी भट्ट, उपमेयरमा कल्पना पन्त, कृष्णपुर नगरपालिकाको मेयरमा हेमराज ओझा, उपमेयरमा द्रोपदी रानालाई उम्मेदवार बनाएको छ ।

लालझाडी गाउँपालिकाको अध्यक्षमा श्रीकृष्ण राना उपाध्यक्षमा राधा राना र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा हरिशचन्द्र राना र उपाध्यक्षमा शान्ती नाथलाई  उमेदवार बनाएको छ । ‘

प्रमुख उपप्रमुखको टुंगो लागिसक्यो वडा अध्यक्षको उम्मेदवार कसलाई बनाउने विषयमा छलफलल भइरहेको छ,’ कांग्रेसका एक नेताले भने, ‘उम्मेदवार टुंगो लगाएर बेलुका ४/५ बजेतिर उम्मेदवारी दर्ता गर्ने तयारी छ ।’

 


१२ वैशाख २०७९, सोमवार ११:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु