चौरपाटीमा समाजवादीबाट अध्यक्षको लागि पत्रकार कुँवर सिफारिस
अछामको रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक, एवम् समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य तपेन्द्र कुँवर चौरपाटी गाउँपालिकाको अध्यक्षको लागि सिफारिस भएका छन् ।कुँवर नेपाल पत्रकार महासंघ सुदूरपश्चिम सदस्य समेत हुन् ।
एकीकृत समाजवादीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चौरपाटी गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेको हो । २०६४ सालमा धनगढीको दिनेश एफएमबाट कुँवरले पत्रकारीता सुरुवात गरेका थिए । स्नातकोत्तर सम्मको अध्ययन गरेका कार्यकारी निर्देशक कुँवरले धनगढीबाट प्रकाशित सुदूर सन्देश दैनिक, मर्निङ वेल दैनिक, रेडियो पश्चिम टुडेमा समाचार प्रमुखको जिम्मेवारी समेत निर्वाह गरेका थिए।
८ वैशाख २०७९, बिहीवार २२:०७ बजे प्रकाशित































