अभिनेत्री केकी अधिकारीले व्यवसायी तिवारीसँग कसिन लगनगाँठो
अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन् । व्यवसायी रोहित तिवारीसँग उनले लगनगाँठो कसेकी हुन् । रोहित र केकी केही वर्षयता प्रेम सम्बन्धमा थिए । तर, यसबारे परिवार र उनीहरूका सीमित साथीलाई मात्र थाहा थियो ।
बिहेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै केकीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन् प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउँदा अत्यन्तै हर्षित छु।
जीवनको नया अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवनसाथीले उपहार स्वरूव यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ। केकी र रोहित ।’
रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० र फुडमारियोको सह–संस्थापक हुन् । उनी इलेक्ट्रोनिक्स तथा कम्युनिकेसनका विद्यार्थी हुन् । रोहितका निकट साथीका अनुसार उनी भारतीय नागरिक हुन् ।
‘
८ वैशाख २०७९, बिहीवार २२:२६ बजे प्रकाशित































