punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा पालिका भागबण्डामा समेटिएन एकीकृत समाजबादी

Chaupati
safha napa

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पालिका बाँडफाँड सत्ता गठबन्धन दलहरुले भागबण्डा गरेका छन् । तर भागबण्डामा नेकपा (एकीकृत समाजबादी) भने समेटिएको छैन ।

गठबन्धनको तेस्रो ठूलो दलसमेत रहेको एकीकृत समाजवादीलाई नसमेटेर नै पालिका बाँडफाँड टंग्याइएको छ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये २ नगरपालिकासहित ५ पालिकाको नेतृत्व कांग्रेस र ४ को नेतृत्व माओवादी केन्द्रले पाउने गरी सहमति भएको छ ।

माओवादी केन्द्रलाई अपिहिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्ष दिने निर्णय भएको छ भने कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिकाको प्रमुख तथा मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिकाको अध्यक्ष पाउने सहमति भएको छ।

माओवादीले मालिकार्जुन र व्याँस गाउँपालिकाको उपाध्यक्ष र कांग्रेसले अपिहिमाल, मार्मा, लेकम, दुहुँ र नौगाड गाउँपालिकाको उपाध्यक्ष तथा महाकाली र शैल्यशिखर नगरपालिकाको उपप्रमुख पाउनेछ। कांग्रेसले जिल्लाका ४० बढी वडा र माओवादीले २० वडा पाउने खाका बनाइएको छ।

एकीकृत समाजवादीले दुई दलले एकतर्फी ढंगले पालिका बाँडफाँड गरिएको आरोप लगाएको छ । जिल्लाका महाकाली र शैल्यशिखरमा समाजबादी मिल्ने अवस्था हुँदाहुँदै उपेक्षा गरिएको भन्दै समाजबादीले विरोध जनाएको छ ।


७ वैशाख २०७९, बुधवार १०:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु