punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आर्थिक सङ्कटमा क्याम्पस

Chaupati
safha napa

कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित फूलबारी बहुमुखी क्याम्पस चरम आर्थिक सङ्कटमा परेको छ । दिगो आर्थिक स्रोतको अभावमा क्याम्पस आर्थिक सङ्कटमा परेको हो । जसका कारण क्याम्पस एक करोड १० लाख रुपियाँको ऋणमा डुबेको छ भने प्राध्यापकले विगत तीन वर्षदेखि तलब पाएका छैनन् ।

क्याम्पस आर्थिक सङ्कटमा परेपछि विद्यार्थीको सङ्ख्यामा समेत गिरावट आएको छ । पटक–पटक तलब पाउने आश्वासन पाए पनि समयमै तलब पाउन नसकेको क्याम्पसका प्राध्यापक किरण अधिकारीले बताए ।

समयमै तलब नपाउने हो भने अध्यापन कार्य रोक्नुको विकल्प नभएको अधिकारीको भनाइ छ ।क्याम्पस आर्थिक सङ्कटमा परेका कारण विद्यार्थीको भविष्यमा असर परेको बताउनुहुँदै सोही क्याम्पसमा अध्यापनरत प्राध्यापक श्याम जोशीले विद्यार्थीले स्थानान्तरण मागिरहेकोेसमेत बताए

यस्तै क्याम्पसमा अध्ययनरत विद्यार्थीले पनि आर्थिक सङ्कटका कारण पठनपाठनमा गुणस्तर खस्किँदै गएको बताएका छन् । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेश बस्नेतले तीनै तहका सरकारसँग आर्थिक सङ्कट हल गर्न पहल गरिरहेको बताए ।

क्याम्पसको आर्थिक अवस्था सुधार गर्न विभिन्न योजना बनाए पनि समुदायमा अपनत्व महसुस हुन नसकेका कारण दिनप्रतिदिन क्याम्पसले आर्थिक सङ्कट झेल्नुपरेको उनले बताए । २०६६ मा सामुदायिक स्तरबाट स्थापना भएको क्याम्पसमा २५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।


७ वैशाख २०७९, बुधवार ०९:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु