punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप १० जनामा कोरोना संक्रमण, ३३४ जना सक्रिय संक्रमित

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २६ जना निको भएका छन् भने हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३२४ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८४७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।


६ वैशाख २०७९, मंगलवार १७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु