स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु, ६ जना घाइते
स्याङ्जाको वालिङ नगरपालिका- १२ डाँडाखर्कमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजीवबहादुर बस्नेतले घाइतेहरूको अवस्था चिन्ताजनक रहेको बताए ।
उनका अनुसार घाइतेहरूको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
४ वैशाख २०७९, आइतवार १२:४६ बजे प्रकाशित































