बझाङमा कांग्रेस जिल्ला सभापति चढेको जीप दुर्घटना : एक जनाको मृत्यु
नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना भएको
छ । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने ३ जना घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जीप गएराति १२: ४० बजे दुर्घटना भएको हो ।
जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
४ वैशाख २०७९, आइतवार ०७:४२ बजे प्रकाशित































