punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फिल्म ‘केजिएफ २’ ले एक दिनमै कमायो १४० करोड

Chaupati
safha napa

बिहीबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ले एक दिनमै १४० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ।

बिहीबारबाट प्रदर्शनमा आएको यशको फिल्मले विश्वव्यापी प्रदर्शनबाट पहिलो दिनमै १४० करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ।

प्रशान्त निलको निर्देशनमा बनेको यो फिल्म २०१८ मा प्रदर्शनमा आएको ‘केजिएफ’को सिक्वेल फिल्म हो। फिल्ममा दक्षिण भारतीय रकिङ स्टार यशसँगै सञ्जय दत्त, रविना टण्डन, प्रकाश राजलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

फिल्मले पहिलो दिनमै हिन्दी भर्जनबाट ५५ करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ। हिन्दीसँगै मलयालयम, कन्नड,तमिललगायत भाषाको प्रदर्शनमार्फत कुल १४० करोड भारु रकम आम्दानी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘केजिएफ २’लाई होमबेल फिल्म्सका लागि विजय किरागन्दुरले निर्माण गरेका हुन्। भारतीय सञ्चारमाध्यमकाअनुसार फिल्मलाई भारतमा मात्रै ६ हजार ५ सय स्क्रिन दिइएको छ भने विश्वव्यापी रुपमा १० हजारभन्दा धेरै स्क्रिनमा फिलम प्रदर्शन भइरहेको छ।


२ वैशाख २०७९, शुक्रवार १४:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु