पर्यटनमन्त्री आलेद्वारा फारवेष्ट ट्राभल मार्टको उद्घाटन

धनगढीमा आजबाट फारवेष्ट ट्राभल मार्ट २०२२ सुरु भएको छ । पर्यटकीय सम्भावनाको उजागर, बजारीकरण गर्ने र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले मार्ट आयोजना गरिएको हो । मार्टको शुक्रबार आज एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गरका छन् ।

मार्टको सुदूरपश्चिमको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापनाले पर्यटन विकास गर्न मार्गदर्शन प्राप्त भएको बताए ।

नेपाल पर्यटन बोर्ड र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा नाट्टा सुदूरपश्चिम धनगढीस्थित रुबस होटलमा मार्ट आयोजना गरेको हो । सो मार्टमा नेपाल–भारतका सरोकारवालाहरुको सहभागिता रहेको छ ।


२५ चैत २०७८, शुक्रवार १३:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु