कैलालीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु, २ घाइते
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ मा २ ओटा मोटरसाइकल आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको हो । यस्तै दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरका मोटरसाइकल बिहीबार रातीे आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ३० वर्षीय पुरन कुमार मडै र कृष्णपुर ५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक दुवै जना मोटरसाइकल चालक हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा गएराति नै मृत्यु भएको हो । दुर्घटनामा घाइते दुइजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
२५ चैत २०७८, शुक्रवार १०:३६ बजे प्रकाशित













