कैलालीमा पासोमा परेर चितुवाको मृत्यु
कैलालीमा पासोमा परेको एक चितुवा मरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर– १० झिरोखामा अज्ञात समूहले हालेको पासोमा परेर चितुवा मरेको हो ।
आज विहान पासोमा परेको चितुवा मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले जानकारी दिए ।
चितुवाको उद्धारको लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली पुगेपनि उद्धारको काम गर्न नपाउदै चितुवा मरेको रिजालले बताए ।
पासो कसले हाल्यो भन्नेबारेमा अनुसन्धान भइरहेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रिजालले जानकारी दिए ।

१७ चैत २०७८, बिहीवार १२:०७ बजे प्रकाशित































