punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

Chaupati
safha napa

सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । माप्य दुधकोशी गाउँपालिका बस्ने ३७ वर्षीय चन्द्र राईले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

बुधबारराति राईले ३७ वर्षीया श्रीमती मनिला राईमाथि खुकुरी प्रहार गरेको भन्ने सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । सोही टोलीले राईलाई पक्राउ गरेको हो । उनीहरूबीच सामान्य विवाद हुँदा आवेशमा आएर श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

 


१७ चैत २०७८, बिहीवार १२:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु