punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इन्डियन प्रिमियर लिगमा बैं‌गलाेरकाे पहिलाे जित

Chaupati
safha napa

इन्डियन प्रिमियर लिग (आईपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले कोलकाता नाइड राइडर्स (केकेआर) लाई तीन विकेटले हराएको छ । गए राति कोलकाताले दिएको १२९ रनको लक्ष्य आरसीबीले १९ ओभर २ बलमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

आरसीबीका सेरफेन रदरफोर्डले सर्वाधिक २८ रन बनाए । यस्तै, सहबाज अहमेदले २७ र डेविड विलेले १८ रन जोडे । केकेआरका टिम साउदीले तीन विकेट लिँदा उमेश यादवले दुई र सुनिल नारायनले एक विकेट लिए ।

टस हारेर ब्याटिङमा निम्त्याइएको केकेआरले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको थियो ।केकेआरका आन्द्रे रसेलले २५ रन बनाए । यस्तै, उमेश यादवले १८ रन जोड्दा साम विलिङ १४ रन बनाएर आउट भए ।

केकेआरलाई सस्तैमा समेट्न आरसीबीका बनिन्दु हसरंगाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन खर्चिए । यसबाहेक, आकाशदिपले तीन र हर्शल पटेलले एक विकेट लिए ।

जितसँगै बैंगलोरले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बैंगलोर पञ्जावसँग ५ विकेटले हारेको थियो । कोलकाताको यो पहिलो हार हो । पहिलो खेलमा कोलकाताले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको थियो ।


१७ चैत २०७८, बिहीवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु