भानुचोकमा बस र मोटरसाइकल ठोक्किँदा श्रीमान् – श्रीमतीको मृत्यु
चितवनको रत्ननगर नगरपालिका-१० भानुचोकमा बस र मोटरसाइकल ठोक्किँदा श्रीमान् -श्रीमतीको मृत्यु भएको छ ।
बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३- ००२ प १८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक रत्ननगर नगरपालिका- २ टाँडीका ५५ वर्षीय निरञ्जन श्रेष्ठ र पछाडि सवार उनकी श्रीमती ५० वर्षीया निनताराको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू दुवैको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी नरहरी अधिकारीले जानकारी दिए । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा छन् ।
१७ चैत २०७८, बिहीवार ०८:०२ बजे प्रकाशित































