punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुलुकको परिवर्तनमा सञ्चार जगतले खेलेको भूमिका अविश्मरणीय छः मन्त्री जोशी

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकको समग्र परिवर्तनमा सञ्चार जगतले खेलेको भूमिका अविश्मरणीय रहेको बताएकी छन्।

नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेश समिति र नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको संयुक्त आयोजनामा आज धनगढीमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

“नेपालको संविधान २०७२ संस्थागत विकास गर्न र संविधानको सर्वोच्चतालाई स्थापित गर्नु पर्नेछ”, मन्त्री जोशीले भनिन्, “यो काममा मुलतः मुलुकका राजनितिक दल र सञ्चार क्षेत्र महत्वपूर्ण रुपमा जोडिनुपर्दछ।” उनले राजनीतिक र सञ्चार क्षेत्रमा विसङ्गति भित्रिएकाले यसको शुद्धिकरण, व्यवस्थितकरण सम्बन्धमा ध्यान दिनुपर्ने बताइन् ।


१६ चैत २०७८, बुधवार १६:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु