punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार जिल्लाको घोडाघोडी नगरपालिका-१० पहलवानपुरस्थित पूर्वपश्चिम राजमार्गमा से६प ८५०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा अन्य २ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोडाघोडी-९ का २० वर्षीय तपेन्द्र बूढाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

त्यस्तै, मोटरसाइकल पछाडि सवार घोडाघोडी-९ कै १५ वर्षीय अभिषेक खड्का र २१ वर्षीय किरण बूढा सामान्य घाइते भएका छन् । मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 


१२ चैत २०७८, शनिवार १०:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु