punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं पुगे

Chaupati
safha napa

चीनका विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन्। तीन दिने भ्रमणका लागि वाङ शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। बिहीबार नै भारत पुगेका वाङ त्यहाँको भ्रमण सकेर विशेष विमानमार्फत् नयाँदिल्ली हुँदै काठमाडौं आएका हुन्।

विदेशमन्त्री वाङलाई स्वागत गर्न परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत विमानस्थल पुगेका थिए।

अफगानिस्तान, पाकिस्तान र भारत भ्रमण पूरा गरी वाङ नेपाल आएका हुन्। उनले आज चिनियाँ राजदुतावासमा ब्रिफिङ लिएपछि शनिबार र आइतबार उच्चस्तरीय भेटवार्ता गर्नेछन्।

उनले समकक्षी डा. नारायण खड्कासँग शनिबार दुईपक्षीय वार्ता गर्नेछन्। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


११ चैत २०७८, शुक्रवार १८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु